पाकिस्तानमा छुट्टाछुट्टै आक्रमणमा ६ जना आतङ्ककारी र ४ सर्वसाधारणको मृत्यु

शुक्रबार, जेठ १२, २०८०

खेबर पख्तुनख्वा– अफगान सीमा नजिकै उत्तरी वजिरिस्तानमा बुधबार आत्मघाती बम आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । डनले जिल्ला प्रशासनलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।

उत्तरी वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले आत्मघाती बम आक्रमणकारीले नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल सहरको लियाकत चौकीमा आक्रमण भएको बताएका छन् । 

स्रोतका अनुसार सुरक्षाकर्मीहरूले गोप्य रूपमा आक्रमण गर्दा विद्रोहीहरूको मृत्यु भएको  डनले उल्लेख गरेको छ ।

सेनाको सञ्चार शाखा, आईएसपीआरले जारी गरेको विज्ञप्तिमा घटनाक्रम पुष्टि गरेको हो । कारवाहीका क्रममा सुरक्षा बलहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको र आतङ्ककारीहरू मारिएका हुन् ।

आतङ्ककारीहरूबाट बन्दुक र गोली बरामद भएको छ । यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको पनि खोजी भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०५:५३
प्रतिक्रिया दिनुहोस्