कार्यभार सम्हाल्न अमेरिका पुगेका चिनियाँ राजदूतले भने- द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ

बिहीबार, जेठ ११, २०८०

न्युयोर्क– संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

‘जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार अपराह्न आइपुगेका सीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘राष्ट्रपति सी चिनफिङबाट संयुक्त राज्य अमेरिकाका लागि १२ औं चिनियाँ राजदूतको रूपमा नियुक्त गर्न पाउँदा म निकै गौरवान्वित छु । मेरो काम सम्बन्धहरूलाई सही मार्गमा फर्काउने हुनेछ ।’

‘हाल, चीन–अमेरिका सम्बन्धमा गम्भीर चुनौतीहरू आएका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको भलो हुनेगरी सहकार्यका तीन सिद्धान्तअघि सार्नुभएको छ, जसले नयाँ युगमा दुई देशलाई एकअर्कासँग घुलमिल हुनका लागि आधारभूत र सही मार्गको प्रतिनिधित्व गर्दछ, उनले थपे, ‘हामी आशा गर्दछौं कि संयुक्त राज्य अमेरिका चीनसँग पनि त्यही दिशामा अघि बढ्नेछ, र दुई जनता र विश्वको साझा हितमा काम गर्नेछ । ताइवान प्रश्न जस्ता महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरूलाई चीन–अमेरिकाको तिनै तीन सिद्धान्तअनुसार उचित तरिकाले समाधानको पहल गरिनेछ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्