नेभिगेशन
विश्व

भारतका ७ राज्यमा अत्यधिक तातो

त्यसबाट जोगिन सरकारको आग्रह

नयाँ दिल्ली– भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । 

आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

भारतका चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगहरूले माग अनुसार सामान आप्रर्ति गर्नसमेत कठिनाई हुन थालेको बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व