थाइल्याण्ड निर्वाचन अपडेट : विपक्षी दलको अग्रता

सोमबार, जेठ १, २०८०

बैंकक– थाइल्याण्डका दुई प्रमुख विपक्षी दलले लोकप्रिय मतमा बलियो अग्रता लिएका छन् भने प्रधानमन्त्री प्रयुत चान–ओ–चाको सेना समर्थित पार्टी तेस्रो स्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार एक चौथाइभन्दा बढी मतदान केन्द्रबाट मतगणना हुँदा सुधारवादी मुभ फरवार्ड पार्टी (एमएफपी)ले करिब २० लाख मत प्राप्त गरेको थियो भने फेउ थाईले १८ लाख मत प्राप्त गरेका थिए । त्यसैगरी प्रधानमन्त्री प्रयुतको युनाइटेड थाई नेशन पार्टी करिब ७ लाख मतका साथ तेस्रो स्थानमा छ ।

यो सङ्ख्या व्यापक रूपमा चुनावअघिको जनमत सर्वेक्षणसँग मिल्दोजुल्दो छ जसले विपक्षीको सफलता र प्रयुतको भारी हारको पूर्वानुमान गर्दछ । 

फेउ थाई अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा स्थापित राजनीतिक आन्दोलनको पछिल्लो पुनरावृत्ति हो जसले दुई दशकदेखि थाई चुनावमा प्रभुत्व जमाएको छ ।

तर सन् २०२० मा थाइल्याण्डको अछूत राजतन्त्रमा लोकतान्त्रिक परिवर्तन र सुधारको माग गर्दै बैंककभरि सुरु भएको युवा नेतृत्वको विरोध प्रदर्शनले सुधारवादी दल, एमएफपी तीव्र गतिमा अघि बढेको छ ।

फेउ थाई र एमएफपीले अझै पनि सत्ता कब्जा गर्न संघर्षको सामना गरिरहेका छन् किनभने प्रधानमन्त्री ५०० निर्वाचित सांसदहरूले मात्र होइन तर सैनिक निकटस्थ जुन्टाले छानेका सिनेटका अन्तिम २५० सदस्यहरूले पनि छान्नेछन् ।

थाइल्याण्डमा सन् १९३२ यता एक दर्जन ‘कू’ भएका छन् र अस्पष्ट वा विवादित परिणामले नयाँ सैन्य हस्तक्षेप वा सडक प्रदर्शन निम्त्याउन सक्ने आशङ्का गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्