पेस्तोल र पाँच राउण्ड गोलीसहित भारतीय युवक पक्राउ

आइतबार, वैशाख ३१, २०८०

महोत्तरी– प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट होममेड इण्डियन लेखिएको एक थान पेस्तोलले र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको हो । 

हतियारसहित पक्राउ परेका युवक पप्पुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्