श्रीलङ्काका आप्रवासी कामदारले १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्राए

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं–श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले बताएका छन् ।

मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार