युपीको रासायनिक कारखानामा भीषण आगलागी

शनिबार, वैशाख ३०, २०८०

बरेली– भारतको उत्तर प्रदेश (युपी)स्थित बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको  छ।

विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ । ६ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ।

यस हप्ताको सशुरुमा बुधबार युपीको बरेलीको जेरह गाउँमा दिल्ली–लखनऊ राष्ट्रिय राजमार्ग नजिकै अशोक फोम प्राइभेट लिमिटेडको कारखानामा आगलागी हुँदा चार मजदुरको मृत्यु भएको थियो र अन्य ६ जना जलेर घाइते भएका थिए । 

आगलागी हुँदा भवनभित्र १०० भन्दा बढी कामदार रहेको बताइएको छ । घटनाको सम्बन्धमा कम्पनीका मालिक र अन्य चार जनालाई मुद्दा दर्ता गरिएको छ युपी प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्