अमेरिकामा श्वेत अमेरकीले गरे अश्वेत नागरिकको घाटी थिची हत्या
न्युयोर्क– श्वेत अमेरिकी मरिन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन निलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइँदै छ।
मे १ मा निलीको मृत्यु भएकै दिनमा न्युयोर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।
मे ३ मा निको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्