शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गर्न बाबुराम भट्टराईको आग्रह [विज्ञप्तिसहित]

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।

यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र प्रहरी प्रशासनले देखाएको तदारूकतालाई पार्टीले स्वागत गरेको उनले बिहीबार विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो,’ भट्टराईले भनेका छन् ।

उनले निष्पक्ष ढंगले अनुसन्धानलाई अगाडि बढाएर छिटो तार्किक निष्कर्षमा पु¥याउन पनि माग गरेका छन् । ‘कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपा खबरदारी गर्दछ,’ उनले भनेका छन् ।

babu1683806121.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार