निक्षेपको ब्याजदर स्थिर राखिने

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

निक्षेप निरुत्साहित हुने भयले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् ।

चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्