नेभिगेशन
समाचार

देशमा अहिले राजनीतिक जटिलता छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पक्षमा सरकार दृढ रहेको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले साना ठूला गरी राम्रा काम मात्रै गर्ने, राम्राबाहेक अरु काम नगर्ने अठोट लिएर अघि बढेका छौं ।’

सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि नागरिकको साथ आवश्यक भएको बताए । अहिले पनि राजनीति अप्ठ्यारो परिस्थितिमा भएपनि दृढ संकल्पको साथ अघि बढेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक जटिलता रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै राजनीतिक जटिलता आइरहेको बताएका हुन् ।

‘जटिलता त राजनीतिमा आइरहन्छन् । अहिले पनि राजनीतिक जटिलता छ, तर अहिले नै म सबै कुरा भन्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने । नराम्रा गर्दै नगर्ने भनेर लागिरहेका छौँ ।’

उनले  सुशासन, न्याय, सामाजिक न्याय र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, नागरिक समाज, बुद्धिजीवी र आम समुदायसँग अपिल गरेका छन् । 

‘हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय र सुशासनको पक्षमा काम गर्ने भनेको छ,’ उनले  भने, ‘सरकारले राम्रा काम गर्ने भनेको छ, सामाजिक न्यायका लागि काम गर्ने भनेको छ । त्यस दिशामा हामी अघि बढेका छौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार