झापामा मसाल जुलुस प्रर्दशन, प्रहरीले गोली चलाउँदा २ जना घाइते

मंगलबार, वैशाख २६, २०८०

विराटनगर– झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशनमा प्रहरीले गोली चलाएकाे छ ।

मंगलबार साँझ पहिचान पक्षधरको मसाल जुलुस प्रर्दशनमा प्रहरीले चलाएकाे गोली लागेर २ जना घम्भिर घाइते भएको भद्रगोल किरातीले जानकारी दिए ।

किरातीका अनुसार प्रहरीको गोली लागि घाइते हुनेमा दिक्षा क्षेत्री र गजेन्द्र फागो लिम्बु रहेका छन् । फागोलाई खुट्टामा र क्षेत्रीलाई हातमा गोलि लागेको छ । किरातीले उनीहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेको जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्न मागसहित समिति आन्दोलनरत छ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्