१० अंकले बढ्यो नेप्से

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं– मंगलबार नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा कायम भएको हो । २८ लाख ३६ हजार एक सय ३९ कित्ता सेयरको खरिदबिक्री हुँदा ७७ करोड ४७ लाख ६० हजार ६१६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने खुम्चिएको छ ।

कारोबारका आधारमा आज सर्वधिक नाफा कमाउनेमा पिपुल्स पावर लिमिटेड कालिन्चोक दर्शन लिमीटेड, सिभिल लघुवित्त वित्तीय संस्था र यूनिलिभर नेपाल लिमिटेड रहेका छन । सर्वाधिक घाटामा भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सिटीजन्स म्युचअल फण्ड २, हिदार्थ इनभेस्टमेन्ट ग्रोथ चेमी २ र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन ।

त्यस्तै उपसमूहतर्फ रहेका १३ वटै समूहको सेयर मुल्यमा हरियाली देखिएको छ ।

मंगलबार बजार पुँजीकरण २६ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।

 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्सेमा झिनो अङ्कको गिरावट
मंगलबार, वैशाख २६, २०८०

झिनो अङ्कले घट्यो नेप्से
मंगलबार, वैशाख २६, २०८०

नेप्सेमा झिनो अङ्कको गिरावट
मंगलबार, वैशाख २६, २०८०