सामाजिक न्याय, सुशासन र विकास निर्माण सरकारको मुख्य ३ लक्ष्य : प्रधानमन्त्री

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकाृ ३ वटा मुख्य लक्ष्य रहेको बताएका छन् ।

सामाजिक न्याय, सुशासन र विकास निर्माण सरकारको मुख्य लक्ष्य रहेको प्रधानमन्त्रीले बताए ।

काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा रहेको सरकारले यी लक्ष्य हासिल गर्न विशेष रूपले काम गरिरहेको बताए । उनले सुशासन कायम गर्न नयाँ लडाइ लड्न लागिएको पनि बताए । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गन अहिले सरकारले कदम चालिरहेको उनको भनाइ  छ । उनले यस कदममा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने  बताए ।

सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत प्रधानमन्त्रीले बताए ।  महाभरत गाउँ पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्घाटन गर्दै प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताए । 

‘हामी अहिले  विद्युत उत्पादन गरेर भारतलाई बिक्री गरिरहेका छौं, अब विद्युत उत्पादन वृद्धि गरेर छिटै अन्य मुलुकमा समेत बिक्राका लागि पहल गर्नेछौं,’ उनले भने ।

काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको एक सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने प्रधानमन्त्रीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्