नेभिगेशन
खेलकुद

मेसी पिएसजीको प्रशिक्षणमा फर्किए

पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेसीलाई  निलम्बन गरे पनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ ।
 
पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, ‘लियोनल मेसी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।’

अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पिएसजीको घरेलु मैदानमा ३–१ को हार बेहोरेका मेसी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।

मेसीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए । मेसीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पिएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

 सन् २०२१ मा फ्री एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेसीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद