नेभिगेशन
विश्व

श्रीलङ्काका राष्ट्रपतिले दिए बुद्ध जयन्तीका अवसरमा ९८८ कैदीलाई माफी

कोलम्बो– श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध जयन्ती)का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गरेका छन् ।

कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिएको सञ्चारमाध्यमलाई बताए ।

प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताएका छन् । श्रीलङ्काले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ।

यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट