पाकिस्तानमा झडप : ६ सैनिक र ३ आतङ्ककारीको मृत्यु

शुक्रबार, वैशाख २२, २०८०

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा ६ जना सैनिक र तीन आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर्)का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानको दिर्दुनी क्षेत्रमा सुरक्षा बल र आतङ्ककारीबीच गोली हानाहान भएको हो ।

सेनाले तीन आतङ्ककारीलाई घटनास्थलमै मारेको र अन्य दुई जना घाइते भएको आइएसपिआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्षेत्रमा रहेका हुनसक्ने आतङ्ककारी लडाकूको खोजीका लागि उक्त क्षेत्रलाई प्रहरीले घेरा हाली खोजी सुरू गरेको विज्ञप्तिमा जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्