पाकिस्तानमा वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते

बुधबार, वैशाख २०, २०८०

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य  थुप्रै घाइते भएका छन् । 

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टामा प्रदेशका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढी र चट्याङबाट भएका दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थितिको अनुगमन भइरहेको र बन्द सडक खोल्नका लागि पहल भइरहेको पीडीएमएले जनाएको छ ।

यसअघि प्रदेशमा वर्षा, असिना र बाढीपहिरोबाट बच्न पूर्वतयारी अपनाउछन सम्बन्धित निकाय र जिल्ला प्रशासनलाई पीडीएमएले निर्देशन दिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्