मध्य सोमालियामा अल–शबाबका ६० लडाकू मारिए

मंगलबार, वैशाख १९, २०८०

मोगादिसु– सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल(शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन् ।

सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन् ।

‘हाम्रो सेना र स्थानीय सेनाले यस क्षेत्रमा आतङ्ककारीहरूको मनसाय र आन्दोलनको बारेमा गोप्य जनाकारी पाएको र संयुक्त कारबाही गरेको थियो’, ती सैन्य अधिकारीले भने ।  उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अल–शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्