सुडानबाट २०० जना रुसी फर्कँदै

मंगलबार, वैशाख १९, २०८०

मस्को– रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ ।

चारवटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । 

रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै पूर्वशोभियत सङ्घबाट छुट्टिएका नागरिक तथा उद्धारका निम्ति अनुरोध गरेका अन्य मित्रराष्ट्रका नागरिकलाई ल्याइने छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्