वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–काठमाडौंको वीर अस्पतालस्थित पुरानो भवनको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पुरानो भवनस्थित छतको बाहिरपट्टि रहेको पर्खाल भत्किएको हो ।

पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्