रुसले युरोपमा तेल आपूर्ति घटाउने, एसियामा बढाउने

बिहीबार, वैशाख १४, २०८०

मस्को– रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्याउने योजना बनाएको छ ।  

रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार युरोपमा तेल आपूर्ति घटाएर एसियामा बढाउनेबारे सो कुरा बताएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन  र युरोपमा १८ करोड टन कच्चा तेल निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताएका छन् ।

उपप्रधानमन्त्री नोभाकका अनुसार यो वर्ष १४ करोड टन तेल पूर्वतर्फ जानेछ । करिब ८०–९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्