‘किसीका भाइ किसीकी जान’ सलमानको कमजोर ओपनिङ गर्ने फिल्म

आइतबार, वैशाख १०, २०८०

काठमाडौं –सलमान खानको ‘किसीका भाइ किसीकी जान’ १० वर्षयताकै कमजोर ओपनिङ गर्ने फिल्म बनेको छ । शुक्रबारबाट हलमा रिलिज भएको फिल्मले कमजोर ओपनिङ गरेको छ हो ।

शुक्रबार फिल्मले १५ करोड भारुको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । इद पर्वको दोस्रो दिन भारतीय बक्सअफिसमा फिल्मले २५ करोड भारु कमाएको छ ।

सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो । त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ‘किसीका भाइ किसीकी जान’ बनेको छ ।  

फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ । फिल्मको कथा सलमानले तयार पारेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्