कर्णालीका मुख्यमन्त्री शुक्रबार तेस्रो पटक विश्वासको मत लिने

आइतबार, वैशाख १०, २०८०

सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार तेस्रो पटक विश्वासको मत लिन लागेका छन् । शर्माले आइतबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएका छन् ।  

शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शर्माले विश्वासको मत लिने छन् ।

शर्माले यसअघि २ पटक विश्वासको मत लिइसकेका छन् । ६ माघमा पहिलो पटक  र १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यस बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसयता शर्माले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्