श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झर्‍यो 

शनिबार, वैशाख ९, २०८०

कोलम्बो– श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । 

विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२।३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७।४ प्रतिशतबाट ५४।९ प्रतिशतमा झरेको जनाएको छ ।

विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ ।

नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ । 

विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता चप्पल र हाउजिङको मूल्य बढेको छ भने पानी र बिजुलीजस्ता सार्वजनिक सेवाको मूल्य पनि बढेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०५:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार