नेभिगेशन
विश्व

राहुल गान्धीको सांसद पद जोगाउने पुनरावेदन खारेज

काठमाडौं –भारतको सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद तत्काल खारेज नगर्न माग गर्दै परेको निवेदन खारेज गरेको छ ।

मानहानीको मुद्दामा गान्धीलाई दुई वर्ष कैद सजाय सुनाइएको थियो । उनले आफूलाई उक्त मुद्दामा दोषी ठहर गर्ने फैसलाविरुद्ध पुरावेदन गरेका थिए । उक्त पुनरावेदनको टुंगो नलाग्दासम्म आफ्नो सांसद पद खारेज नगर्न उनले माग गरेका थिए ।

दोषी ठहर भएसँगै उनको सांसद पद खारेज भएको थियो । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘सबै मोदी किन चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिविरुद्ध उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीको अभिव्यक्तिविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए । 

गान्धीलाई ३० दिनभित्र आफूविरुद्ध भएको फैसला पुनरावेदन गर्नका लागि धरौटीमा रिहा गरिएको थियो । जसलाई पुनरावेदन नटुंगिदासम्मका लागि लम्बाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट