जापानका समुद्रमा रुसी बमवर्षक विमानहरूको गस्ती जारी

बिहीबार, वैशाख ७, २०८०

मस्को– आठवटा लामो दूरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।  

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु–२२एम,३ ले रुसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाइका साथ पालन गरेको बताइएको छ । 

यो गस्ती प्यासिफिक फ्लिटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ ।  यो कार्यक्रम ‘समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने’ उद्देश्यले अप्रिल १४ मा सुरु गरिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्