कर्णालीमा मन्त्रालय घटाउने निर्णय खारेज

बुधबार, वैशाख ६, २०८०

काठमाडौं - कर्णाली प्रदेशमा यसअघिको मन्त्रालय घटाउने निर्णय खारेज गरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेसको इन्ट्री भएसँगै पुस २७ गते नेकपा एमाले-माओवादी गठबन्धनको सरकारले गरेको मन्त्रालय घटाउने निर्णय खारेज गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ८ वटा मन्त्रालय घटाएर ७ वटामात्र मन्त्रालय बनाउने निर्णय खारेज गर्दै ८ वटै कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय भएको थियो । यद्यपि प्रशासनिक रुपमा भने असारपछि मात्रै मर्ज गर्ने भनिएको थियो । तर, माओवादीले मन्त्रालय मर्ज गर्नुको औचित्य नभएको भन्दै ८ मन्त्रालय कायम राख्नुपर्ने अडान राखेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार