नेभिगेशन
विश्व

आफ्नो विदेश नीतिको अमेरिकी आलोचनालाई ब्राजिलद्वारा अस्वीकार

ब्रासिलिया– अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा ‘रुस र चीनको बोली पछ्याएको’ आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमबार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई अस्वीकार गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियोले राष्ट्रपति निवास अल्भोराडा दरबारमा आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवाफमा दिँदै भने, ‘म कत्ति पनि सहमत छैन। पटक्कै होइन। मलाई थाहा छैन कि उनी कसरी र किन यो निष्कर्षमा पुगे।’

शनिबार पत्रकारहरूसँग कुरा गर्दै लुलाले युक्रेनलाई हतियार दिएर पश्चिमले युद्धलाई प्रोत्साहन गरिरहेको बताएका छन् ।

‘संयुक्त राज्य अमेरिकाले युद्धलाई प्रोत्साहन दिन बन्द गर्नुपर्छ र शान्तिको कुरा गर्न थाल्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट