रुस–युक्रेन युद्ध

युक्रेनका राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त सहरको भ्रमणमा

मंगलबार, वैशाख ५, २०८०

कीभ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको युद्धग्रस्त सहरको भ्रमण गरेका छन् । 

जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स इस्टरको शुभकामना दिएको राष्ट्रपति सम्बद्ध वेबसाइटले जनाएको छ । 

जेलेन्स्कीलाई परम्परागत इस्टर केकहरू राखिएको टेबुलमा सैनिकहरूसँग बसेको चित्र पोस्ट गरिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेको क्रेमलिनले बताएको केही घण्टापछि युक्रेनका तर्फबाट सो भ्रमणको घोषणा गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्