सडक दुर्घटनामा पाकिस्तानी मन्त्रीको मृत्यु

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । 

शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ । 

इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उनको लागि घातक साबित भएको बताए 

 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्