भारतमा कोरोनाका १० हजारभन्दा बढी बिरामी थपिए

शनिबार, वैशाख २, २०८०

नयाँ दिल्ली– बितेको २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोना भाइरसका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौजना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । 

अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा ६ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्