आतङ्कवादीसँगको झडपमा ४ पाकिस्तानी प्रहरी मारिए

बुधबार, चैत २९, २०७९

इस्लामावाद– दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग मंगलबार बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा  दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा  अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।

सोमबार सोही सहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको र १९ जना घाइते भएपछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आतङ्वादीले प्रहरीका सवारी साधनलाई लक्ष्य गरी बम बिछ्याएका थिए ।

उक्त घटनामा घाइते भएकामा अधिकांश सर्वसाधारण पैदलयात्री छन् । आक्रमणकाे जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेसन आर्मीले लिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्