न्यायाधीश भुवन गिरी पक्राउ

मंगलबार, चैत २८, २०७९

काठमाडौं– न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार सामाखुशीबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो ।

उनका श्रीमती उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ । उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ ।  गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार