नेभिगेशन
खेलकुद

पुलिसलाई हराउँदै आर्मीले जित्यो पुरुष हक्कीको उपाधि

काठमाडौँ– गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । 

विराटनगरको सहिद रङ्शालामा गएराति भएको फाइनल खेलमा आर्मी विजयी भएको हो ।

उक्त खेलमा आर्मीले नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । आर्मीका काशिराज राईले गोल गरेका थिए । 

विजेता आर्मीले रु ७५ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता हुने पुलिसले रु ४१ हजार र तेस्रो हुने सुदूरपश्चिम प्रदेशले रु २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका नितेश न्यौपानेले प्राप्त गरेका छन् । आर्मी गत वर्षको विजेतासमेत रहेको छ । 

प्रतियोगितामा आर्मी, पुलिससँगै कोसी, मधेस, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद