सेयर ब्रोकर र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने बाटो खुल्यो

आइतबार, चैत २६, २०७९

काठमाडौँ– नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ ।

यो खारेजीसँगै  पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ । 

बोर्डले वितरण गर्न लागेको ती लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज भएपछि बोर्डलाई लाईसेन्स वितरण गर्ने प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो ।

आज सर्वोच्च अदालतले लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरेको हो ।

न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले रिट खारेजीको आदेश दिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्