नेभिगेशन
समाचार

एमाले सचिव लेखराज भट्टको घरमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरमा]

काठमाडौं–माओवादी केन्द्र र एमालेबीच कटु सम्बन्ध रहेको बेलामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका सचिव लेखराज भट्टको घरमा पुगेका छन ।

आइतबार धनगढी गएका बेला प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका –१ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन् । धनगढी विमानस्थलमा अवतरण भएलगत्तै उनी भट्टको घरमा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका हुन् । 

प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ । भट्ट एमालेमा जानुअघि माओवादीमै थिए । उनी अहिले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेका हुन् । नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । तत्कालीन नेकपा विभाजन भएपछि भट्ट एमाले प्रवेश गरेका थिए ।

प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिएको छ । माओवादीमा हुँदा भट्ट प्रचण्डका विश्वासपात्र थिए । भट्ट एमालेतिर लागेपछि उनीहरू दुवैले एकार्काको आलोचना गरेका थिए । यसअघि विमानस्थलमा भेट हुँदा समेत उनीहरू एकापसमा बोलेका थिएनन् ।

asdf16810202001681020698.jpg

prachand-dhangadhi-lekhraj_Okdropo2AW1681020709.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार