प्रहरीसँगको झडपमा पाकिस्तानको कराँचीमा ३ जनाको मृत्यु

शनिबार, चैत २५, २०७९

इस्लामावाद– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।  

मारिएका अपराधीहरूको पहिचान भएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ ।

यसैगरी शनिबार बिहानै प्रहरीले सहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको  पनि जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्