लाजेहाङलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू लाजेहाङलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, मृतक लाजेहाङका परिवारलाई राज्यकाेषबाट सहयोग गर्ने निर्णयसमेत भएको संस्कृति पर्र्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । 

चैत ५ गते पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका धरानका ४२ वर्षीय लाजेहाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

लाजेहाङको मृत्युपछि आन्दोलनले झनै उग्ररूप लिएपछि उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोसी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्