नेभिगेशन
समाचार

सुदूरपश्चिम : सत्ता गठबन्धनमा किचलो, ४ मन्त्रालय अझै मन्त्री बिहीन

काठमाडौं - मंसिर ४ को प्रदेशसभा निर्वाचनपछि सातवटै प्रदेशमा पुस तेस्रो साता सरकार गठन भएका थिए।

प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकालमा एक जना मुख्यमन्त्रीले सरकारको नेतृत्व गरेको सुदूरपश्चिममा यस पटक दुई जना मुख्यमन्त्री फेरिइसकेका छन्। सरकारले भने अझै पूर्णता पाउन सकेको छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय रहेको सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनले चारवटा मन्त्रालय आफैंसँग राखेका छन्।

शाहले माघ २७ मा मन्त्रिपरिषद् गठन गर्दा कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिएका छन्।

फागुन २१ मा माओवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने गरी विश्वासको मत दिए पनि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले मुख्यमन्त्री र प्रमुख सत्ताधारी दलका कारण सरकारले पूर्णता पाउन ढिलाइ भएको बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार