श्रीलङ्कामा पर्यटक बढे

मंगलबार, चैत २१, २०७९

कोलम्बो– श्रीलङ्काले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ । 

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटिडिए)का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताए । 

फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलङ्काले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको उल्लेख गरे । 

सन् २०१९ पछि पहिलो पटक श्रीलङ्काले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उनले जानकारी दिए । 

श्रीलङ्काले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ ।

 चीनमा बढ्दो उडान र प्रवद्र्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उनले बताए ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरासायी भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्