नेभिगेशन
अर्थ विविध

‘बिजनेस समिट’ वैशाखको दोस्रो हप्ता

काठमाडौं –‘नेपाल बिजनेस समिट २०२३’ वैशाख दोस्रो साता हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको समिटको टाइटल स्पोन्सर वल्र्ड लिंक कम्युनिकेसन हुने भएको छ ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले प्रतिवेदन पेश गर्नेछन् ।

टाइटल स्पोन्सरका लागि आयोजित हस्ताक्षर कार्यक्रममा वल्र्ड लिंकका तर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे ।

मूल आयोजक कमिटीका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोको लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको जानकारी दिए ।

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम÷व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रवर्तन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा समेत राखिएको छ । शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ र कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृसंस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध