प्रधानमन्त्रीप्रति कांग्रेस महामन्त्रीको टिप्पणी–लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न मिल्दैन

मंगलबार, चैत १४, २०७९

काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेहरूको मुख थुन्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै महामन्त्री शर्माले विरोध गर्नेको मुख थुन्न र थुनामा राख्न लोकतान्त्रिक गणतन्त्रमा नमिल्ने बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा केही युवाहरूले नाराबाजी गरेपछि ३ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरूको मुखसमेत थुनेका थिए । सरकारको त्यस क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले विरोध गर्नेहरूको मुख प्रहरीले थुनेको दृश्य आपत्तिजनक र दुःखद् भएको बताएका छन् ।

साथै, प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूलाई तत्काल रिहाइ गर्न पनि उनले माग गरेका छन् ।  ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो’, शर्माले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

bishwa1679988058.JPG

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्