इयू हतियार कोषबाट पोल्यान्डले ३० करोड युरो पाउने

मंगलबार, चैत १४, २०७९

वार्स– युरोपेली सङ्घ (इयू)को हतियार कोषबाट पोल्यान्डले ३० करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो । 

सङ्घको हतियार कोषबाट देशलाई ३० करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

पोल्यान्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्सले किभलाई चारवटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्