सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुग्यो : विष्णु पौडेल

शुक्रबार, चैत १०, २०७९

जनकपुरधाम–नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
जनकपुरमा शुक्रबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताउनु बताए ।  
सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो । निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहो¥याए ।  
उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप समेत लगाए । उनले एमाले निकट अनेरास्ववियूलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दूरुपयोग गरेको बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार