रेमिटान्स ल्याउन थप सजिलो, राष्ट्र बैंकलाई जानकारी दिनु नपर्ने

बिहीबार, चैत ९, २०७९

काठमाडौँ– नेपालमा रेमिटान्स भित्र्याउन थप सजिलो भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागले एकीकृत निर्देशिका संशोधन गर्दै यसअघिको व्यवस्था परिमार्जन गरेर थप सजिलो बनाएको हो ।

राष्ट्र बैंकले जारी गरेको संशोधिन निर्देशिका अनुसार अब रेमिटान्स आएको र सो रकम भुक्तानी गरेको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने छैन । यसअघि १० लाख रुपैयाँभन्दा बढी रेमिटान्स नेपाल आएको र सो रकम भुक्तानी भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनु पर्ने व्यवस्था थियो ।

‘विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ । प्रतिग्राहक रु.१० लाख वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ,’ यसअघिको व्यवस्थामा उल्लेख थियो ।

तर, नेपाल राष्ट्र बैंकले अहिले जारी गरेको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था हटाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्