श्रीलङ्काका उर्जामन्त्रीको दाबी– अर्को महिना इन्धनको मूल्य घट्छ

बिहीबार, चैत ९, २०७९

कोलम्बो– श्रीलङ्काका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र सङ्कटग्रस्त मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण स्वीकृतिका कारण आपूर्तिकर्ताबाट प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न सक्ने क्षमता भएकाले मूल्य घटाउन सकिने उनले संसद्लाई बताए ।

उनले अमेरिकी डलरसँगको श्रीलङ्काको रुपैयाँको पनि मूल्य वृद्धि भइरहेको जानकारी दिए । 

उनका अनुसार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ‘बेलआउट प्याकेज’ र अर्थतन्त्रको स्थिरीकरणपछि इन्धनको मूल्य घटाउन सुझाव दिएका थिए ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि सन् २०२२ मा इन्धनको मूल्यमा २०० प्रतिशतले वृद्धि भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्