नेभिगेशन
अर्थ विविध

रासायनिक मलमा दिइएको अनुदान कटौती नगर्ने सरकारको निर्णय 

काठमाडौँ– सरकारले रासायनिक मल दिँदै आएको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। त्यसपछि किसानलाई मल महंगो तिरेर किन्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

व्यापार घाटा झण्डै १४ खर्ब