नेभिगेशन
अर्थ विविध

रासायनिक मलको अनुदान कटौती नगर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानलाई निरन्तरता दिने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको छ ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अनुदान कटौतिपछि रासायनिक मलको मूल्य प्रतिकेजी ११ रुपैयाँसम्म महंगो पर्ने भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

व्यापार घाटा झण्डै १४ खर्ब