नमोबुद्धमा कृषि रणनीति तयार गरिदै

शुक्रबार, चैत ३, २०७९

काभ्रे–नमोबुद्ध नगरपालिकाले रणनीतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटनः हाम्रो शसक्त अभियान’ भन्ने नारासहित नगरपालिकाले दीर्घकालीन योजनासहितको कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले बताए ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषणसहित आगामी वर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको प्रमुख लामाले बताए । सबै क्षेत्रमा योजनावद्ध विकास गर्न चाहेको बताउँदै लामाले नगरपालिकाले आवद्यिक योजना, योजना बैंक पनि तयार गर्न लागेको उनले जानकारी दिए ।

रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । 

योजना निर्माणको लागि कार्यतालिका सहित जिम्मेवारी बाँडफाँड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक वडा ם३ का अध्यक्ष रमेश तिवारीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्